३१ असार २०८३, बुधबार

सीमाविवादका बीच भारतमा चिनियाँ कम्पनीले पायो सुरुङमार्गको ठेक्का

पुस २०, २०७७
सीमाविवादका बीच भारतमा चिनियाँ कम्पनीले पायो सुरुङमार्गको ठेक्का

भारतको राष्ट्रिय राजधानी क्षेत्रको यातायात संस्थानले शांघाई टनल इन्जिनीयरिङ कम्पनी लिमिटेडलाई न्यु अशोक नगरदेखि साहिबाबादसम्मको ५.६ किलोमिटर सुरुङ मार्ग निर्माणको ठेक्का दिएको छ । 

उक्त संस्थानले देशको पहिलो द्रुत गतिको रेल ट्रान्जिट सिस्टम बनाउन लागिरहेको छ । त्यसैअन्तर्गत यो सुरुङ मार्ग बनाउन लागिएको हो । स्थापित प्रक्रिया र निर्देशिकाबमोजिम ठेक्का सम्झौता गरिएको उसले जनाएको छ । 

‘विभिन्न सरकारी निकायबाट स्वीकृति लिइएको छ । स्थापित प्रक्रिया र निर्देशिका अपनाएर ठेक्का दिइएको हो । त्यसबाहेक दिल्ली गाजियाबाद मेरठ कोरिडोरको ८२ किलोमिटर लामो खण्डमा काम शुरू भइसकेको छ,’ संस्थानका प्रवक्ताले बताए । 

सबभन्दा कम बोली चिनियाँ कम्पनीले लगाएको भए पनि  भारत र चीनबीच लद्दाखमा वास्तविक नियन्त्रण रेखामा सैन्य झडपपछि उक्त कम्पनीलाई नदिने भनी विवाद उठेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्