भारतको राष्ट्रिय राजधानी क्षेत्रको यातायात संस्थानले शांघाई टनल इन्जिनीयरिङ कम्पनी लिमिटेडलाई न्यु अशोक नगरदेखि साहिबाबादसम्मको ५.६ किलोमिटर सुरुङ मार्ग निर्माणको ठेक्का दिएको छ ।
उक्त संस्थानले देशको पहिलो द्रुत गतिको रेल ट्रान्जिट सिस्टम बनाउन लागिरहेको छ । त्यसैअन्तर्गत यो सुरुङ मार्ग बनाउन लागिएको हो । स्थापित प्रक्रिया र निर्देशिकाबमोजिम ठेक्का सम्झौता गरिएको उसले जनाएको छ ।
‘विभिन्न सरकारी निकायबाट स्वीकृति लिइएको छ । स्थापित प्रक्रिया र निर्देशिका अपनाएर ठेक्का दिइएको हो । त्यसबाहेक दिल्ली गाजियाबाद मेरठ कोरिडोरको ८२ किलोमिटर लामो खण्डमा काम शुरू भइसकेको छ,’ संस्थानका प्रवक्ताले बताए ।
सबभन्दा कम बोली चिनियाँ कम्पनीले लगाएको भए पनि भारत र चीनबीच लद्दाखमा वास्तविक नियन्त्रण रेखामा सैन्य झडपपछि उक्त कम्पनीलाई नदिने भनी विवाद उठेको थियो ।