
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारत प्रस्थान गरेका छन् ।
पत्नी सीताको स्वास्थ्यमा समस्या देखिएर केही दिनयता मेडिसिटी अस्पतालमा उपचार गरिए पनि थप उपचारका लागि प्रचण्ड सोमवार दिउँसो भारतको मुम्बई प्रस्थान गरेका हुन् ।
अध्यक्ष प्रचण्डसँगै छोरीहरू रेनु दाहाल र गंगा दाहाल समेत रहेका प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
प्रचण्ड पत्नी सीताको स्वास्थ्यमा लामो समयदेखि समस्या रहेको छ । यसअघि समेत अमेरिका, सिंगापुर लगायत देशमा उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार आउन सकेको छैन ।
नेकपा विभाजनसँगै राजनीतिक संकट गहिरिएका बेला प्रचण्डले पारिवारिक कारणबाट छिमेकी देश भारत जानुपरेको छ । काठमाडौंमा प्रचण्ड–नेपाल पक्षीय नेकपाले संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध देशव्यापी आन्दोलन गरिरहेको छ ।