
गैंडाको खागसहित कैलालीमा १ जना पक्राउ परेका छन् ।
बर्गगोरीया गाउँपालिका–४ का स्थानीय ५८ वर्षीय नैनबहादुर कठरिया खागसहित पक्राउ परेका प्रहरीले जनाएको छ ।
स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्वपश्चिम राजमार्गमा ना३स ५७१८ नम्बरको अटो रिक्सामा राखिएको अवस्थामा प्रहरीले खागसहित कठरियालाई पक्राउ गरेको संघीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिए ।
संघीय प्रहरी कार्यालय धनगढीको टोलीले सोमवार बिहान कठरियालाई पक्राउ गरेको हो ।