३१ जेठ २०८३, आइतबार

विमानस्थलभित्र पेस्तोलका ५० गोलीसहित १ जना पक्राउ

विमानस्थलभित्र पेस्तोलका ५० गोलीसहित १ जना पक्राउ

राजधानी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र पेस्तोलमा प्रयोग हुने ५० गोलीसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

झापाको मेचीनगर–२ का बद्रीहाङ राई पेस्तोलको गोलीसहित पक्राउ परेका विमानस्थल प्रहरीका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले बताए ।

पक्राउ परेका राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जान खोजेका थिए । विमानस्थलभित्र सुरक्षा चेकजाँचका क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

‘अभियुक्तलाई नियन्त्रणमा लिएका छौं, थप अनुसन्धान भइरहेको छ,’ बास्तोलाले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्