२८ जेठ २०८३, बिहीबार

जब खुमलटार पुगेर विप्लवपुत्र प्रकाशले 'सीता आमा'लाई अंगालो हाले...

जब खुमलटार पुगेर विप्लवपुत्र प्रकाशले 'सीता आमा'लाई अंगालो हाले...

नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'पत्नी सीता दाहाललाई उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

'प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी' (पीएसपी) रोगबाट पीडित दाहाललाई उपचारका लागि मुम्बई लैजानुअघि नेपालमा अर्धभूमिगत राजनीति गरिरहेको 'नेपाल कम्युनिस्ट पार्टी'का महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दले भेटेका छन् ।

प्रकाश डाक्टर समेत हुन् । बुवाको राजनीतिक विरासतबाट माथि उठेका उनी युवाहरू माझ लोकप्रिय छन् ।

चितवन मेडिकल कलेजमा मेडिकल विद्यार्थीहरूको चर्चित आन्दोलनको नेतृत्व गरेदेखि नै प्रकाश सबैको नजरमा परेका थिए ।

१६ वर्षपछिको भेटमा प्रकाशले सीता दाहाललाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्यसम्बन्धी केही सुझावहरू पनि दिएको खुमलटार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रकाशले सीता दाहाललाई आमा भनेरै सम्बोधन गरेका थिए ।

सीता दाहाललाई भेट्न प्रकाश सोमवार बिहान करीब ९ बजे खुमलटार पुगेका थिए ।

प्रकाशले भेटेलगत्तै सीतालाई मुम्बई लगिएको हो ।

नेत्रविक्रम चन्दले १० वर्षे जनयुद्ध प्रचण्डकै नेतृत्वमा लडेका थिए ।

शान्ति प्रक्रियामा आएपछि पार्टी विभाजन हुँदा मोहन वैद्य किरणतर्फ लागेका चन्दले हाल आफ्नै नेतृत्वमा अर्धभूमिगत राजनीति गर्दै आएका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्