२७ असार २०८३, शनिबार

सोफामा बस्न पनि सकिनन् सीता दाहाल, विमानस्थलमा छोरी रेणुको काखमा

सोफामा बस्न पनि सकिनन् सीता दाहाल, विमानस्थलमा छोरी रेणुको काखमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

सीताको उपचार मुम्बईस्थित न्युरोजेन ब्रेन यान्ड स्पाइन इन्स्टिच्युटमा हुँदैछ ।

सीतालाई सोमवार नै भर्ना गर्ने तयारी रहेको पारिवारिक स्रोतले जानकारी दियो । केही दिन ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गर्दा पनि सुधार नदेखिएपछि उनलाई मुम्बई लगिएको हो । विमानस्थलमा सीतालाई ह्वील चेयरमा राखेर विमानसम्म लगिएको थियो । 

शिथिल शरीरका कारण विमानस्थलको विशिष्ट कक्षमा रहेको सोफामा सीता बस्न सकिनन् । उनी छोरी रेणु दाहालको काखमा सुतेको तस्वीर नेकपा नेत्री अमृता थापाले फेसबूकमा राखेकी छन् ।

सीताको उपचारका लागि नेकपा अध्यक्ष प्रचण्ड पनि मुम्बई गएका छन् । प्रचण्ड केही दिन मुम्बईमै रहने पारिवारिक स्रोतले जानकारी दियो ।

प्रचण्डपत्नी दाहाल लामो समयदेखि अस्वस्थ रहँदै आएकी छन् । पार्किन्सनको बिरामी रहेकी सीता सुगर र उच्च रक्तचापबाट पनि पीडित छिन् ।

salt training

कमेन्ट गर्नुहोस्