१० साउन २०८३, आइतबार
भिडियो रिपोर्ट

नख्खु क्षेत्रमा वर्षौँदेखिको धुलो–निसासिन्छन् स्कुल जाने बालबालिका र पैदलयात्रु (भिडियो रिपोर्ट)

नख्खु क्षेत्रमा वर्षौँदेखिको धुलो–निसासिन्छन् स्कुल जाने बालबालिका र पैदलयात्रु (भिडियो रिपोर्ट)

देशको राजधानी काठमाडौँ उपत्यकाको वायु प्रदूषण मापदण्ड भन्दा धेरैमाथि पुगेको वातावरण क्षेत्रमा कार्यरत विज्ञहरुले बताउँदै आइरहेका छन् । स्वीस एयर टेक्नोलोजी ‘आइक्यु एयर’ नामक कम्पनीले काठमाडौंलाई विश्वकै प्रदूषित शहरको अग्रसूचीमा राखेपछि उपत्यकाको प्रदूषणबारे फेरि बहस सुरु भएको छ ।

उपत्यकाको सदावहार धुलाम्मे क्षेत्र हो, ललितपुरको नख्खु । नख्खुखोला करिडोरमा गुँड्ने टिपरले सडकमा ल्याउने माटोका कारण यो क्षेत्र बाह्रै महिना धुलाम्मे र हिलाम्मे हुने गरेको छ ।
धुलोका कारण बसिसक्नु नभएको भन्दै यस क्षेत्रका सर्वसाधारण आन्दोलित पनि भएका छन् । भुक्तभोगीका अनुसार धुलोका कारण स्कुले बालबालिका र वृद्धवृद्धा सडकमा निसासिने गरेका छन् भने धुलोकै कारण दुई पाङ्ग्रे साधन दुर्घटनमा पनि पर्ने गरेका छन् ।

हेरौँ, नख्खु क्षेत्रको धुलो र सर्वसाधारणको सास्ती यो भिडियो रिपोर्टमाः

salt training

कमेन्ट गर्नुहोस्