
जुम्ला, २ जेठ - जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवलसिंह रावल विजयी भएका छन् ।
अध्यक्ष रावलले एक हजार ४३० मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत उमाकान्त पौडेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका पूर्णप्रसाद धितालले एक हजार २०३ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा नेकपा एमालेका जन्मकन्या खत्री एक हजार ४११ मत ल्याएर विजयी हुनुभएको छ । नेकपा माओवादी केन्द्रका हिक्मत खत्रीले एक हजार ११३ मत ल्याउनुभएको थियो ।
विजयी उपाध्यक्ष खत्रीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रजकली शाहीले प्राप्त एक हजार २६२ मतमा ११९ मत कमी ल्याएर पराजित हुनुभएको छ ।
नेकपा माओवादी केन्द्रका शीतली रोकायाले एक हजार १७५ मत प्राप्त गर्नुभएको थियो । वडाध्यक्षहरुको परिणाम आइसके पनि वडाअनुसारको विजयी उम्मेदवारको नाम र प्राप्त मत लिन सकिएको छैन । रासस