०२ असार २०८३, मंगलबार

ललितपुर महानगरमा एमालेको अग्रता, उपमेयरमा राप्रपालाई धोका !

कात्तिक २०, २०७४
ललितपुर महानगरमा एमालेको अग्रता, उपमेयरमा राप्रपालाई धोका !
काठमाडौं, २ जेठ– ललितपुर महानगरपालिकाको मेयर पदमा एमालेले अग्रता कायमै गरेको छ । पछिल्लो मतपरिणामअनुसार एमालेका हरिकृष्ण व्यञ्जनकारले ४८११ मत ल्याएका छन् । यस्तै कांग्रेसका चिरीबाबु महर्जनले ४७२२ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् ।Vote-Count-New-2_1
यस्तै माओवादी केन्द्रका दिपेश महर्जनले १०७७ मत ल्याएका छन् ।
उपमेयरतर्फ कांग्रेसकी गीता सत्यालले ३७१० मत ल्याएर शीर्ष स्थानमा रहेकी छिन् । यस्तै राप्रपाका बाबुकाजी थापाले २१११ मत ल्याएका छन् । ललितपुरमा एमाले–राप्रपाबीच तालमेल भएको भएपनि राप्रपाले एमालेको भोट नपाएको देखिएको छ । बरु एमालेको उम्मेदवार नै नभएको उपमेयरमा सूर्य चिन्हमा धेरै मत देखिएको छ । यसरी तालमेलअनुसार एमालेले मत नहालेको भन्दै थापाले सार्वजनिक रुपमा असन्तुष्टि जनाएका छन् ।
यस्तै उपमेयरमा माओवादीकी हसिना शाक्यले १३१६ मत ल्याएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्