३२ असार २०८३, बिहीबार

अहिलेसम्म कुन स्थानीय तहमा कुन दल विजयी ? हेर्नुस् ताजा नतिजा

कात्तिक २०, २०७४
अहिलेसम्म कुन  स्थानीय तहमा कुन दल विजयी ?  हेर्नुस् ताजा नतिजा
काठमाडौं, ३   जेठ– आइतबार सम्पन्न प्रदेश नम्बर ३, ४ र ६ को मतदानको मतपरिणाम आउने क्रम जारी रहेको छ ।
मंगलबार अबेरसम्मको नतिजा  हेरौं 

 सिन्धुलीको गोलन्जोर गापामा काँग्रेस निर्वाचित



सिन्धुली - सिन्धुलीको गोलन्जोर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।
नेपाली काँग्रेस पदका उम्मेदवार पुष्पबहादुर कार्की तीन हजार ३७६ र उपाध्यक्ष पदका उम्मेदवार गङ्गादेवी श्रेष्ठ तीन हजार २८७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।Vote-Count-1

उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) टीकाबहादुर देवकोटाले दुई हजार ५८४, उपप्रमुख धनकुमारी पुलामीले दुई हजार ६४५ मत प्राप्त गर्नुभएको छ ।

गोलन्जोर वडा नम्बर १ मा माओवादी केन्द्रका मीनबहादुर सुनुवारले ५२८, वडा नम्बर २ मा काँग्रेसका दौलत कार्की ४७७, वडा नम्बर ३ मा काँग्रेसका पुस्कर बराल ४४२, वडा नम्बर ४ मा एमालेका बेगबहादुर मगर ६७६, वडा नम्बर ५ र ६ मा नेपाली काँग्रेसकै बुद्धिबहादुर पाल्पाली ५३० र पुरुषोत्तम श्रेष्ठले ५३७, वडा नम्बर ७ मा एमालेका रोमबहादुर देवकोटा ५९५ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

गोरखाको चुमनुब्री गाउँपालिकामा काँग्रेस विजयी

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लाक्पा डुण्डुप लामालाई हराउँदै गुरुङ गाउँपालिका प्रमुखमा विजयी हुनुभएको हो ।

गुरुङले एक हजार २५३ मत ल्याउनुभएको हो भने लामाले एक हजार १८५ मत ल्याउनुभएको निर्वाचन अधिकृत हरिहर दाहालले जानकारी दिनुभयो । उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी कुमारी गुरुङ विजयी हुनुभएको छ । गुरुङले एक हजार २८५ मत ल्याउनुभयो भने प्रतिद्वन्द्वी छेवाङ लामाले ९८८ मत ल्याउनुभएको हो ।

चुमनुब्री गाउँपालिकाको सामागाउँ, ल्हो, बिही, छेकम्पार वडा काँग्रेसले जितेको छ । 

नुवाकोटमा २५ वडाको नतिजा सार्वजनिक

नुवाकोट । जारी रहेको स्थानीयतहको निर्वाचनको मतगणनामा नुवाकोटमा २५ वडाको परिणाम सार्वजनिक भएको छ । नुवाकोटमा कायम रहेका ८८ वडामध्ये २५ वडामा नयाँ नेतृत्व चयन भएको छ । अन्तिम नतिजाअनुसार नेपाली काँग्रेस १३ वडा, नेकपा (एमाले)ले सात वडा र नेकपा माओवादी केन्द्र पाँच वडामा विजयी भएको छ ।

नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा विदुर नगरपालिका–२ मा वीरेन्द्रकुमार शाही, ३ मा बद्रीप्रसाद रिमाल, तार्केश्वर–६ मा ज्ञानेन्द्र तामाङ, शिवपुरी–१ मा महेन्द्रराज खत्री, शिवपुरी–२ मा इन्द्रबहादुर गुरुङ, तादी–१ बाट नकुर दोङ तामाङ, दुप्चेश्वरी–१ मा सुनबहादुर तामाङ, किस्पाङ–२ मा देवनाथ भट्ट, मेघाङ–२ मा रुपबहादुर श्रेष्ठ र दुप्चेश्वर गाँउपालिका–३ मा धुव्रकुमार केसीको प्यानल नै विजयी भएको छ ।

यस्तै, शिवपुरी गाँउपालिका–३ मा रामहरि थापाको प्यानल नै विजयी भएको छ । शिवपुरी–४ सिक्रेमा वडाध्यक्षमा झमक गुरुङसहित काँग्रेसबाट तीन सदस्य विजयी भएका छन् ।

यस्तै, नेकपा (एमाले)का तर्फबाट उम्मेदवार रहेका मेघाङ–१ मा दलसिंह तामाङ, बेलकोटगढी नगरपालिका–१ मा सुब्बा तामाङ, बेलकोटगढी–२ मा रमेशकुमार न्यौपाने, विदुर नगरपालिका–१ मा लेनिन रञ्जित, ककनी गाँउपालिका–१ मा चन्द्रबहादुर श्रेष्ठ, तार्केश्वर–५ मा चुडामणिप्रसाद गजुरेल र किस्पाङ गाँउपालिका–४ मा एकराज घले विजयी हुनुभएको छ । यस्तै, लिखु गाँउपालिका–२ मा भीमबहादुर घलेको प्यानल नै विजयी भएका छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रका तर्फमा किस्पाङ–१ मा आइतबहादुर घले, तादी–२ मा बच्चुराम तामाङ, सूर्यगढी–१ मा इमानसिंह तामाङ, पञ्चकन्या–१ मा मणिनाथ लामिछाने र दुप्चेश्वर–२ मा दावा तामाङ विजयी हुनुभएको छ । नुवाकोटमा १२ स्थानीतयहमा ८८ वटा वडा रहेका छन् ।

बागलुङ–३ मा जनमोर्चा विजयी

बागलुङ । बागलुङ नगरपालिका–३ मा राष्ट्रिय जनमोर्चाकी लक्ष्मी बाँस्कोटा अध्यक्ष पदमा विजयी बन्नुभएको छ । नेकपा (एमाले), राप्रपा र राजमोको संयुक्त प्यानलबाट बाँस्कोटा विजयी बन्नुभएको हो । वडा नं ३ मा अन्य दलका उम्मेदवारलाई पछि पार्दै एमाले–राजमो–राप्रपाको प्यानल नै विजयी बनेको छ ।

यसअघि भएको वडा नं १ र २ को मतगणनामा पनि यही प्यानलका अध्यक्षले जित हात पारेका थिए । काँग्रेसको बलियो मत रहेको भनिएका वडामै काँग्रेस पछि परेको छ । जितसँगै अहिले सदरमुकाम बागलुङबजारमा विजयी दलका कार्यकर्ताले ¥याली निकालेका छन् । 

ललितपुर महाकालमा एमाले उम्मेदवार विजयी

ललितपुर, । ललितपुरको महाकाल गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

सो पार्टीका रामचन्द्र दाहालले दुई हजार ८० मत ल्याएर गाउँपालिकाको प्रमुखमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भीमसेन घिमिरेले एक हजार ७२२ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै उपप्रमुखमा एमालेका कमला तामाङले दुई हजार २६३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुशीला अधिकारीले एक हजार ३९९ मत प्राप्त गर्नुभएको थियो ।
टोखा र नागार्जुनका वडाध्यक्ष विजय


काठमाडौँ । टोखा नगरपालिका–१ मा नेकपा (एमाले)का श्रीकृष्ण अधिकारी विजय हुनुभएको छ भने वडा नं २ वाट नेपाली काँग्रेसका दीपकराज जोशी र वडा नं ३ मा नेपाली काँग्रेसकै सिंहराज श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

यस्तै टोखा नगरपालिकामा नेपाली काँग्रेसका हरिहर अधिकारीले अग्रता कायय राख्नुभएको छ । अधिकारीले तीन हजार १२३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दीनबन्धु बरालले जानकारी गराउनुभयो । उहाँका अनुसार एमालेबाट प्रकाश अधिकारीले दुई हजार ३११ र नेकपा (माओवादी केन्द्र)का कल्पना शर्माले करिब एक हजार मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नागार्जुन नगरपालिका–२ को वडाध्यक्षको नेकपा (एमाले)का खुमबहादुर केसी विजय हुनुभएको छ । भर्खरै सम्पन्न भएको मतगणनामा एमालेका केसीले ७९१ मत ल्याई विजय हुनुभएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी गराउनुभयो । वडा नं २ मा करिब एक हजार ८०० मतदाता रहेका छन् ।

यसैगरी प्रमुखमा एमालेका कृष्णहरि खत्रीले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृत लामिछानेका अनुसार खत्रीले एक हजार १४ मत नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले ४६० र नेकपा (माओवादी केन्द्र)का कुमार तामाङले ११५ मत ल्याउनुभएको छ ।

धौलागिरी–३ मा एमाले विजयी

बाबियाचौर  । म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनाको वडाध्यक्षमा नेकपा एमालेका पुर्म पुन ४३३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

पुनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका देवेन्द्र रोकाले ४१६ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा नेपाली काँग्रेसकी रामदेवी पुन ४६४ मत र दलित महिला सदस्यमा काँग्रेसकी चुनदेवी रसाइली ४५९ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खुल्ला वडा सदस्यमा एमालेका खबहादुर बुढा ४७६ मत र देउदत्त मल्ल ४७४ मत प्राप्त गरी विजयी हुनुभएको छ । एक हजार ५९७ मतदाता रहेको मुनामा एक हजार ६१ मत खसेको थियो । धौलागिरि–४ मुदीको पनि मतगणना सुरु भएको छ ।

अन्नपूर्ण–५ मा काँग्रेस विजयी

यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको वडाध्यक्षमा नेपाली काँग्रेसका दिनेशकुमार पुनले ५७६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । मगरका प्रतिस्पर्धी नेकपा एमालेका भीमबहादुर पुन मगरले ४६४ मत प्राप्त गर्नुभएको थियो ।

सदस्यहरुमा सबै काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । महिला सदस्यमा बिर्जु रन्तिजा ६२७, दलित महिला सदस्यमा रामसुवा नेपाली ६३४, खुल्ला सदस्यमा राजेश तिलिजा पुन ६३२ र धनबहादुर पाइजा ६४५ मत ल्याई निर्वाचित हुनुभएको छ । एक हजार ९४७ जना मतदाता रहेको शिखमा एक हजार २०८ मत खसेको थियो ।

कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्र विजयी

काठमाडौँ-  ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
भर्खरै घोषित मत परिणामअनुसार अध्यक्षमा माओवादी केन्द्रका गोपिलाल सिङतान एक हजार ७९८ मत प्राप्त गरी विजयी हुनु भएको हो । त्यस्तै उपाध्यक्षमा मिङ्मा लामा एक हजार ९३३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

सल्यानमा दुई गाउँपालिकासहित ३७ स्थानीय तहको नतिजा सार्वजनिक

सल्यान । सल्यानमा आइतबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । दुई गाउँपालिकासहित ३७ स्थानीय तहको मत परिणाम सार्वजनिक गरिएको छ ।

दार्मा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नीमबहादुर केसी र उपाध्यक्षमा टीका वली शर्मा निर्वाचित हुनुभएको छ । केसीले अध्यक्षमा तीन हजार ६९४ मत र वलीले उपाध्यक्षमा तीन हजार ६९५ मत प्राप्त गरी विजयी हुनुभएको हो । सो क्षेत्रमा नेपाली काँग्रेस र नेकपा(एमाले)बीच समीकरण गरिएको भए पनि माओवादी केन्द्र विजयी भएको हो ।

यसैगरी दामागाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका कविकुमार चन्द विजयी हुनुभएको छ । यस्तै वडा नं २ मा माओवादी केन्द्रका डिल्ली केसी, वडा नं ३ मा माओवादी केन्द्रका सेतीराम रोका, वडा नं ४ मा माओवादी केन्द्रका चन्द्रबहादुर रावत, वडा नं ५ मा माओवादी केन्द्रका दुर्गा मल्ला र वडा नं ६ मा रामबहादुर केसी विजयी हुनुभएको छ ।

यसैगरी ढोरचौर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका चित्रबहादुर चलाउने विजयी हुनुभएको छ । उहाँले एक हजार ९२५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरवीर चलाउनेले एक हजार ५४८ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा नेकपा एमालेकी पुष्पा बोहराले एक हजार ९४६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

ढोरचौर गाउँपालिका–१ मा माओवादी केन्द्रका रामबहादुर बस्नेत विजयी हुनुभएको छ । वडा नं २ मा माओवादी केन्द्रकै रुद्रबहादुर बुढाथोकी विजयी हुनुभएको छ । यस्तै वडा नं ३ मा नेकपा एमालेका शालिकराम बुढाथोकी र वडा नंं ५ मा नन्दलाल बोहरा विजयी हुनुभएको छ । वडा नं ४ मा भने नेपाली काँग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोकाले बराबरी मत प्राप्त गरेपछि गोलाप्रथामार्फत काँग्रेसका दिनेश विएम विजयी हुनुभएको छ ।

यसैगरी वागचौर नगरपालिका–१ मा नेपाली काँग्रेसका नेत्रबहादुर डाँगी, वडा नं २ मा नेकपा एमालेका घनश्याम शर्मा विजयी हुनुभएको छ । यस्तै वडा नं. ३ मा माओवादी केन्द्रका टीकाराम खत्री, १२ मा नेकपा माओवादी केन्द्रका दीपक वली, वडा नं ११ मा मोहन खड्का र वडा नं १० मा कृष्णबहादुर खड्का विजयी हुनुभएको छ ।

यसैगरी शारदा नगरपालिका–१ मा नेकपा एमालेका नवराज बुढाथोकी, वडा नं २ मा टोपबहादुर थापा र वडा नं ३ मा केशव सिंह बुढाथोकी विजयी हुनुभएको छ । यस्तै वडा नं ४ मा नेपाली काँग्रेसका सुधन विष्ट, वडा नं ५ मा प्रदीप शाही र वडा नं ६ मा भिखराज बुढाथोकी विजयी हुनुभएको छ ।

यस्तै वनगाड कुपिण्डे नगरपालिका–१ मा नेकपा एमालेका शान्तकुमार यरी, वडा नं १२ मा गोविन्द डाँगी विजयी हुनुभएको छ । यस्तै वडा नं २ मा माओवादी केन्द्रका प्रतिमल रोकाय विजयी हुनुभएको छ ।

यस्तै कपुरकोट गाउँपालिका–१ मा माओवादी केन्द्रका बालाराम खड्का र वडा नं २ मा मानबहादुर राना विजयी हुनुभएको छ । यस्तै वडा नं ३ मा नेपाली काँग्रेसका मीनबहादुर सेन विजयी हुनुभएको छ ।

यसैगरी त्रिवेणी गाउँपालिका–१ मा नेकपा एमालेका छवि खत्री विजयी हुनुभएको छ । यस्तै वडा नं २ मा नेपाली काँग्रेसका मेघराज खड्का विजयी हुनुभएको छ । यसैगरी छत्रेश्वरी गाउँपालिका–१ मा नेपाली काँग्रेसका नेवबहादुर शाह, वडा नं २ माओवादी केन्द्रका प्रेमबहादुर खड्का विजयी हुनुभएको छ । यस्तै वडा नं ३ मा नेकपा एमालेका राजबहादुर वुढाथोकी विजयी हुनुभएको छ ।

यसैगरी कालीमाटी गाउँपालिका–७ मा नेपाली काँग्रेसका नैनसिंह राना, वडा नं ६ मा माओवादी केन्द्रका टेकबहादुर थापा पुलामी र वडा नं ५ मा नेकपा एमालेका चन्द्रबहादुर गाह विजयी हुनुभएको छ ।

सिंजा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस, उपाध्यक्षमा एमाले

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवलसिंह रावल विजयी भएका छन् ।

अध्यक्ष रावलले एक हजार ४३० मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत उमाकान्त पौडेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका पूर्णप्रसाद धितालले एक हजार २०३ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा नेकपा एमालेका जन्मकन्या खत्री एक हजार ४११ मत ल्याएर विजयी हुनुभएको छ । नेकपा माओवादी केन्द्रका हिक्मत खत्रीले एक हजार ११३ मत ल्याउनुभएको थियो ।

मरिण गाउँपालिकामा माओवादी केन्द्रको प्यानल नै विजयी

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)को प्यानल नै विजयी भएको छ ।

 
Download as zipDownload

salt training

कमेन्ट गर्नुहोस्