१५ असार २०८३, सोमबार

यही रफ्तारमा मत गनिए भदौको ३० गते अन्तिम रिजल्ट

कात्तिक २०, २०७४
 यही रफ्तारमा मत गनिए भदौको ३० गते अन्तिम रिजल्ट

काठमाडौँ, ३ जेठ -मतगणनामा ढिलाइ भएपछि निर्वाचन आयोगको निर्देशनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले मतगणना टोली बढाउँदै छन् । बुधबारबाट काठमाडौं महानगरपालिकाले पाँच टोली बनाएर मतगणना गर्दै छ । काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार मंगलबार तीन टोलीले मतगणना गरिरहेको थियो भने बुधबार दुई टोली थपिनेछ । ‘प्रक्रियागत अप्ठ्यारोले टोली थप गर्न समस्या भएको थियो, अब प्रक्रिया पूरा गरेर बुधबार दुई टोली थपिँदै छ,’ मुख्य निर्वाचन अधिकृत अधिकारीले भने । ललितपुर महानगरमा ५ समूहमा र भरतपुरमा तीन समूहमा मतगणना भइरहेको छ, नयाँ पत्रिकामा खबर छ ।Vote-Count-1


मतगणना ढिलाइको एउटा उदाहरण : काठमाडौं महानगर

-मतगणना सुरु समय : सोमबार मध्याह्न १२ बजे

-मंगलबार मध्यराति १२ बजेसम्म अर्थात् ३६ घन्टामा गनिएको मत : जम्मा २३९८

-प्रतिघन्टा गनिएको मत : ६७

-खसेको मत : १,९३,०००

-सम्पूर्ण मत गन्न आवश्यक समय : २८८० घन्टा अर्थात् १२० दिन अर्थात् ४ महिना

-यही रफ्तारमा मत गनिए भदौको ३० गते अन्तिम रिजल्ट आउनेछ

salt training

कमेन्ट गर्नुहोस्