काठमाडौं, ३ जेठ–व्यवस्थापिका संसदमा चौथो ठूलो राजनीतिक दल राप्रपाले पहिलो चरणको स्थानीय तह निर्वाचनमा अपेक्षित कम मत पाएको छ । उक्त पार्टी डोल्पाको दुई पदमा बाहेक कतैपनि विजयी हुन सकेको छैन ।

अहिले कम मतजस्तो देखिएपनि राप्रपा प्रभाव क्षेत्र मानिने जिल्लाहरुमा चुनाव हुँदै बाँकी रहेकाले यसलाई अन्यथाको रुपमा लिन नहुने राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले बताएको खबर आजको कान्तिपुरमा छ ।