२५ जेठ २०८३, सोमबार

जी न्यूजमा ओलीको अन्तर्वार्ता– भारत नेपालको ठूल्दाइ होइन, मोदी ठूलो र म सानो प्रधानमन्त्री होइनौँ

जी न्यूजमा ओलीको अन्तर्वार्ता– भारत नेपालको ठूल्दाइ होइन, मोदी ठूलो र म सानो प्रधानमन्त्री होइनौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या र भूगोलमा ठूलो सानो भएपनि भारत नेपालको ठूल्दाइ र नेपाल भारतको सानो भाइ हुन नसक्ने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफूभन्दा उमेरमा जेठो भएपनि प्रधानमन्त्रीको रुपमा बराबर भएको उनले बताए । 

भारतीय टेलिभिजन जी न्यूजमा सोमवार राति प्रसारित अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले दुइ देश सार्वभौमसत्ता सम्पन्न देश भएकोले ठूलो दाइ र सानो भाइभन्दा पनि सम्मानको युग भएको बताएका हुन् । भारतलाई राम र नेपाललाई लक्ष्मणसँग तुलना गर्ने कार्यक्रम प्रस्तोता सुधीर चौधरीको प्रश्न नमिलेको ओलीले टिप्पणी गरे । 

‘हामी छोटे भाइ होइनौ । भुगोलमा, जनसंख्यामा ठूलो या सानो हुन सकौँला तर छोटे बढे भाइ होइनौ । एक देशको रुपमा छोटो बढे होइनौ’, ओलीले भने, ‘हामी दुई देश सार्वभौम सत्ता सम्पन्न देश हौं, दुइ छिमेकी देश, हाम्रो सम्बन्ध पुरानो हो । अहिले उपनिवेशको युग नभई पारस्परिक सम्मानको युग हो ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ७० वर्ष उमेरका र तपाई ६७ वर्ष उमेरको भएकोले दाइ भाइ हुँदैन भन्ने चौधरीको प्रश्नमा पनि ओलीले व्यक्तिगत सम्बन्धमा मात्र त्यसो हुन सक्ने बताए ।  

‘व्यक्तिगत नातामा मोदी म भन्दा जेठो हुनुहुन्छ तर दुइ प्रधानमन्त्री बस्दा ठूलो प्रधानमन्त्री र सानो प्रधानमन्त्री होइन । दुइ सार्वभौम देशका प्रधानमन्त्री हुर्कन्छौं, प्रधानमन्त्रीका बराबरी हैसियत हुन्छ’ ओलीले भने ।

salt training

कमेन्ट गर्नुहोस्