०८ असार २०८३, सोमबार

कास्कीको रुपा गाउँपालिकामा एमाले विजयी

कात्तिक २०, २०७४
कास्कीको रुपा गाउँपालिकामा एमाले विजयी

पोखरा, ३ जेठ– कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नवराज ओझा चार हजार २१२ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाशमोहन खनालले तीन हजार २७५ मत ल्याएका थिए । गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी लाल सुब्वा गुरुङ तीनहजार ९९५ मत ल्याई विजयी भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी जी माया गुरुङले तीन हजार ४५६ मत ल्याएकी छन् ।

सो गाउँपालिकाको वडा नं ३, ४, ५ र ६ मा पूरै प्यानलसहित नेकपा एमालेका वडाध्यक्ष क्रमशः रामजी अधिकारी, मुकुन्द वंशी, टेकबहादुर गुरुङ र नारायण गुरुङ विजयी भएका छन् । ।

त्यस्तै, वडा नं १, २ र ७ मा नेपाली काँग्रेसका पूरै प्यानलसहित वडाध्यक्षहरु दीपक आलेमगर, हरिकृष्ण ओझा र दयासागर सुवेदी विजयी भएका छन् ।

सात वडा भएको सो गाउँपालिकामा ११ हजार ३१५ मतदाता भएकोमा आठ हजार २६४ मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्