पछिल्लो समय सेल्फी क्रेज निकै बढ्दै गएको छ । नयाँ नयाँ स्थानमा गएर सेल्फी खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने धेरै जसोको शोख नै बन्न थालेको छ ।
अहिले एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जुन भिडियोमा एक युवती पानीको निकै छेउमा रहेको डुंगामा उभिएर सेल्फी खिचिरहेकी देखिन्छिन् ।
त्यतिकैमा एक युवक पछाडि चिप्लन्छन् र ती युवतीलाई धक्का दिन पुग्छन् । युवती तल पानीमा खस्छिन् र केही समयमै उनी हराउँछिन् ।
यो घटना भारतको ओडिशा राज्यको हो । ‘वाटरफल’मा सेल्फी लिने क्रममा ती युवती तल नदिमा खस्छिन् र बेपत्ता हुन्छिन् ।
पानीमा डुबेर बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको भारतीय मिडिया आजतकले उल्लेख गरेको छ ।