०३ असार २०८३, बुधबार

खतरनाक सेल्फी लिने क्रममा नदिमा खसिन् युवती, एक दिनपछि भेटियो शब

पुस २८, २०७७
खतरनाक सेल्फी लिने क्रममा नदिमा खसिन् युवती, एक दिनपछि भेटियो शब

पछिल्लो समय सेल्फी क्रेज निकै बढ्दै गएको छ । नयाँ नयाँ स्थानमा गएर सेल्फी खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने धेरै जसोको शोख नै बन्न थालेको छ । 

अहिले एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जुन भिडियोमा एक युवती पानीको निकै छेउमा रहेको डुंगामा उभिएर सेल्फी खिचिरहेकी देखिन्छिन् ।

त्यतिकैमा  एक युवक पछाडि चिप्लन्छन् र ती युवतीलाई धक्का दिन पुग्छन् । युवती तल पानीमा खस्छिन् र केही समयमै उनी हराउँछिन् ।

यो घटना भारतको ओडिशा राज्यको हो । ‘वाटरफल’मा सेल्फी लिने क्रममा ती युवती तल नदिमा खस्छिन् र बेपत्ता हुन्छिन् ।

पानीमा डुबेर बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको भारतीय मिडिया आजतकले उल्लेख गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्