०४ साउन २०८३, सोमबार

आइएमई लाइफको ब्राण्ड एम्बासडर बनिन् मनिषा कोइराला

आइएमई लाइफको ब्राण्ड एम्बासडर बनिन् मनिषा कोइराला

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बासडरमा देश तथा विदेशमा ख्याति प्राप्त नेपाली सेलिब्रेटी नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले एक विशेष कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर  गरेका छन् ।

यस सँगै अब कोइराला आई.एम.ई. लाइफ जीबन बीमाको ब्राण्ड दूतको भुमिकामा रहने छिन् । 

अग्रणी एवं जीवन्त सेलिब्रेटी कोइरालाले आई.एम.ई. लाइफको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने छिन् । 

हस्ताक्षर कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै नायिका कोइरालाले मानव जगतमा जीवन बीमाको निक्कै ठूलो महत्त्व रहेको औंल्याउँदै नेपाली जनताहरुलाई आर्थिक सुरक्षा प्रदान गरि देशैभरि छरिएर रहेको पुँजीलाई एकीकृत गरि राष्ट्र निर्माणमा टेवा पुर्‍याउने अवधारणा बोकेको आई.एम.ई. लाइफसँग साझेदारी गर्न पाउँदा खुसी रहेको कुरा बताइन् । 
                                               

salt training

कमेन्ट गर्नुहोस्