२३ असार २०८३, मंगलबार

ओली पक्षका पूर्व माओवादीबारे प्रचण्डको टिप्पणी– जनयुद्ध कुहिएको फर्सी भनेको कसरी सुन्न सकेको होला ?

ओली पक्षका पूर्व माओवादीबारे प्रचण्डको टिप्पणी– जनयुद्ध कुहिएको फर्सी भनेको कसरी सुन्न सकेको होला ?

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केपी शर्मा ओली पक्षमा लागेका पूर्व माओवादी नेताहरूको परिस्थिति देखेर आफूलाई लाज लागेको बताएका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले पोखरामा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलालाई मंगलवार सम्बोधन गर्दै प्रचण्डले जनयुद्धलाई कुहिएको फर्सी भन्ने ओलीको भाषण पूर्व माओवादी नेताले कसरी सुन्न सकेको होला भन्दै आश्चर्य व्यक्त गरेका हुन् ।

'जनयुद्धमा लागेका केही साथी केपीसँग जानुभएको छ । मलाई लाज लागेको छ, जनयुद्धलाई कुहिएको फर्सी भनेर भाषण गरेको कसरी सुन्न सकेको होला ?' प्रचण्डले भने ।

उनले पूर्व माओवादीका केही नेताहरू प्रतिगमनको साक्षी बनेको आरोप लगाए । उनीहरूलाई जनयुद्ध कुहिएकै फर्सी हो त भनेर प्रश्न गर्न पनि प्रचण्डले कार्यकर्तालाई अपिल गरे ।

'मर्म र भावनाविपरीत बोल्दा ती साथीहरू जो प्रतिक्रान्तिको साक्षी बन्नुभएको छ, प्रतिगमनको साथी बन्नुभएको छ, उहाँहरूलाई सोध्न म कमरेडहरूलाई आग्रह गर्न चाहन्छु–  जनयुद्ध कुहिएकै फर्सी हो त ?'

salt training

कमेन्ट गर्नुहोस्