२७ जेठ २०८३, बुधबार

भारतको सर्वोच्च अदालतले कृषि कानून कार्यान्वयनमा लगायो अस्थायी रोक

पुस २८, २०७७
भारतको सर्वोच्च अदालतले कृषि कानून कार्यान्वयनमा लगायो अस्थायी रोक

भारतको सर्वोच्च अदालतले तीन नयाँ कृषि कानूनको कार्यान्वयन अर्को आदेश नआउन्जेलसम्मका लागि रोक लगाउने भनी स्टे अर्डर मंगलवार दिएको छ । 

यसका साथै अदालतले केन्द्र सरकार र कृषक युनियनहरूका बीचको गतिरोध अन्त्य गर्नका लागि चार सदस्यीय समिति पनि गठन गर्ने निर्णय लिएको छ । 

प्रधानन्यायाधीश एसए बोब्डे, न्यायाधीश एएस बोपन्ना र न्यायाधीश भी रामासुब्रमण्यमको इजलासले उक्त आदेश दिएको हो ।

तीन नयाँ कृषि कानूनको संवैधानिक वैधतालाई चुनौती दिँदै दायर गरिएको रिट निवेदनमा सुनुवाइ गर्दै अदालतले स्टे अर्डर दिएको हो । 

चार सदस्यीय समितिमा भारतीय किसान संघका अध्यक्ष एसएस मान, महाराष्ट्रको शेतकेरी संगठनका अध्यक्ष अनिल घनावत, अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्थानको दक्षिण एसिया निर्देशक प्रमोद कुमार जोशी र कृषि अर्थशास्त्री अशोक गुलाटी उक्त समितिमा रहेका छन् । 

किसानहरूले सर्वोच्च अदालतको आदेशको स्वागत गरेका छन् तर कानून बदर नगरिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । 

आन्दोलनरत ४० कृषक संघको छाता संगठन संयुक्त किसान मोर्चाले मंगलवार नै एक बैठक बोलाएको छ । त्यसमा आगामी कदमका विषयमा निर्णय लिइनेछ । 

salt training

कमेन्ट गर्नुहोस्