२२ जेठ २०८३, शुक्रबार

माघीका लागि ३ दिनसम्म सार्वजनिक बिदा

पुस २९, २०७७
माघीका लागि ३ दिनसम्म सार्वजनिक बिदा

माघीपर्वको अवसरमा कैलालीका पालिकाले आ–आफ्नै तवरले बिदा दिएका छन् ।

कैलालीका केही पालिकाले २ त केही पालिकाले ३ दिन सार्वजनिक बिदाको निर्णय गरेका छन् ।

कैलालीको भजनी नगरपालिका, जानकी गाउँपालिकाले २ दिन अर्थात् १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् भने कैलारी र जोशीपुर गाउँपालिकाले ३ दिन बिदा दिने निर्णय गरेका छन् ।

सरकारले यसअघि नै माघ १ गते सार्वजनिक बिदा दिएको निर्णय सार्वजनिक गरिसकेका बेला केही पालिकाले थप १ वा २ दिन बिदाको निर्णय गरेका हुन् । कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले २ गतेसम्म बिदा दिएको छ ।

कैलालीको कैलारी र जोशीपुर गाउँपालिकाले भने ३ दिन दिन बिदा दिएको छ । कैलारी गाउँपालिकाले पुस २९, माघ १ र २ गते गरी ३ दिन बिदा दिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले जानकारी दिए ।

जोशीपुर गाउँपालिकाले भने १, २ र ४ गते बिदा दिएको गाउँपालिकाका अधयक्ष रामकृष्ण चौधरीले जानकारी दिए । कैलालीका केही पालिकामा थारू बाहुल्यता भएको क्षेत्र भएकाले थारू समुदायले माघीमा ३ दिन बिदा दिनुपर्ने माग गरेका थिए ।

‘१ दिन बिदा पर्याप्त भएन भनी माग गरेपछि हामीले थप २ दिन बिदा दिने निर्णय गरेका हौं,’ जोशीपुर गाउँपालिकाका अध्यक्ष चौधरीले भने, ‘माघीमा थारू समुदायमा महत्त्वपूर्ण निर्णय, नयाँ कामको योजना बन्ने भएकाले हामीले बिदा थपेका हौं ।’

थारू समुदायमा माघीको अवसरमा गाउँमा बडघर भल्मन्सा छनोट गर्ने, गाउँमा अर्को वर्ष गरिने कार्यको वार्षिक योजना बनाउने काम हुन्छ । यसका साथै समुदायका समस्याबारे छलफलसमेत हुने भएकाले यो पर्व महत्त्वपूर्ण रहेको टीकापुरका छेदुलाल चौधरीले बताए । ‘यो समयमा घर छुट्टिनेहरूको भागबण्डा समेत हुने चलन छ,’ चौधरीले भने, ‘यो पर्वसँग धार्मिक, पारिवारिक र सामाजिक महत्त्व जोडिएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्