०३ साउन २०८३, आइतबार

प्रतिनिधि सभा विघटन प्रकरण : संवैधानिक इजलासमा न्यायाधीश कार्कीको स्थानमा सपना प्रधान मल्ल

प्रतिनिधि सभा विघटन प्रकरण : संवैधानिक इजलासमा न्यायाधीश कार्कीको स्थानमा सपना प्रधान मल्ल

प्रतिनिधि सभा विघटन विरुद्धका रिटमा सुनुवाइका लागि सर्वोच्च अदालतद्वारा गठित संवैधानिक इजलासमा एक न्यायाधीश फेरिएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीश हरिकृष्ण कार्कीको स्थानमा न्यायाधीश सपना प्रधान मल्ललाई समेटेर संवैधानिक इजलास गठन गरेका हुन् ।

मल्ल न्यायाधीश बन्नुअघि तत्कालीन एमालेको कोटामा संविधान सभा सदस्य समेत बनेकी थिइन् । उनी भावी प्रधानन्यायाधीशको रोलक्रममा छिन् ।

चौतर्फीरूपमा प्रश्न उठेपछि न्यायाधीश कार्कीले प्रतिनिधि सभा विघटनविरुद्ध बहस हुने संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका थिए ।

केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा महान्यायधिवक्ता रहेका कार्की प्रधानमन्त्री ओली नै विपक्षी रहेको रिटमाथिको सुनुवाइमा बस्न नमिल्ने भन्दै चौतर्फी विरोध भएको थियो ।

बुधवार गठित संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणा र न्यायाधीश मल्लका अलावा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । 

salt training

कमेन्ट गर्नुहोस्