२४ जेठ २०८३, आइतबार

चुनावका लागि निर्वाचनका कम्प्युटर अपरेटरलाई अनलाइनमार्फत् प्रशिक्षण

चुनावका लागि निर्वाचनका कम्प्युटर अपरेटरलाई अनलाइनमार्फत् प्रशिक्षण

मतदाता नामावली अद्यावधिक (दावी–विरोधसहित) कार्यक्रम २०७७ र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम २०७७ कार्यान्वयन सम्बन्धी अनलाइन प्रविधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरका लागि मंगलवार १ दिने प्रशिक्षण भएको छ ।

प्रशिक्षण निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपले निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचनको पूर्व शर्तको रूपमा रहेको मतदाता नामावली अद्यावधिक गर्ने र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्य सबै सरोकारवालासँग प्रभावकारी समन्वय गरी जिम्मेवारीपूर्ण रूपमा सम्पादन गर्नुपर्ने बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापनमा सुधार गर्नका लागि आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनामा उल्लेख भए बमोजिम आयोगका गतिविधिमा प्रविधिको प्रयोगको बढाउँदै लगिने बताए । निर्वाचनले लोकतन्त्रलाई बलियो बनाई सुशासन कायम गर्न सहयोग पुर्‍याउने भएको हुँदा आयोगलाई प्राप्त संवैधानिक जिम्मेवारी बमोजिम निर्वाचन सम्पन्न गर्न गराउनु आयोगको प्रमुख कर्तव्य भएको र यसै सन्दर्भमा निर्वाचन व्यवस्थापनको आधारभूत पक्षको रूपमा रहेको मतदाता नामावली शुद्ध र त्रुटिरहित बनाउन एवं मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहुँचयोग्य, विवादरहित र पायक पर्ने स्थानमा मतदानस्थल निर्धारण गर्नुपर्नेमा जोड दिए ।

विगतमा सञ्चालित निर्वाचनका लागि निर्धारण गरिएका मतदान स्थलहरूबारे प्राप्त सुझावको आधारमा पुनरावलोकनको कार्यक्रम ल्याइएको बताउँदै उनले कोभिडको कारणले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रूपमा पालना गर्दै प्रभावकारी रूपले कार्यक्रम सञ्चालन गर्न सम्पूर्ण सहभागीलाई निर्देशन दिएका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्