१३ असार २०८३, शनिबार

समुद्री गाईको ढाडमा लेखियो ट्रम्प (भिडियो)

पुस २९, २०७७
समुद्री गाईको ढाडमा लेखियो ट्रम्प (भिडियो)

अमेरिकाको फ्लोरिडामा रहेको एक नदीमा म्यानेटी अर्थात् समुद्री गाईको ढाडमा राष्ट्रपति डोनल्ड ट्रम्पको थर लेखिएको पाइएपछि मानिसहरू आक्रोशित भएका छन् । राज्य र संघीय वन्यजन्तु अधिकारीहरूले घटनाको अनुसन्धान थालेका छन् । 

संकटापन्न प्रजातिको उक्त जीवको शरीरमा जमेको काईमा ठूला अक्षरमा ट्रम्प लेखिएको थियो तर छाला नदर्फरिएको अधिकारीहरूले बताए । 

तर संरक्षित जीव भएकाले म्यानेटीलाई यसरी सताउँदा ५० हजार डलर बराबरको जरिवाना र एक वर्षसम्मको कारावास सजायको व्यवस्था छ । 
 

सिट्रस काउन्टीमा रहेको होमोसास्सा नदीमा आइतवार म्यानेटीको ढाडमा ट्रम्प लेखिएको पाइएको हो । 
 

म्यानेटीहरू सौम्य र सुस्त गतिमा हिँड्ने प्राणी हुन् । उनीहरू न्यानो पानीमा फल्ने झारपात खाएर बाँच्छन् । 

सन् २०२० मा ६२० वटा म्यानेटी मरेका थिए । तीमध्ये ९० वटाको मृत्यु डुंगामा ठोकिएर भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्