
काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ थानकोट घुमाउने बस्ने ५२ वर्षीय होमबहादुर सुधारको हत्या गरेको अभियोगमा सोही नगरपालिका–२ मसिने बस्ने २३ वर्षीय रामकृष्ण तामाङलाई मंगलवार राति प्रहरीले पक्राउ गरेको छ ।
घुमाउनेस्थित टहराको आँगनमा होमबहादुर अचेत अवस्थामा रहेको भनी रामकृष्णले खबर गर्नासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि शहीद मेमोरियल अस्पताल कलंकी पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको थप अनुसन्धान गर्ने क्रममा रामकृष्णले लेनदेनको विषयमा विवाद हुँदा कोदालोको बिडले प्रहार गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।