०६ साउन २०८३, बुधबार

प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दा वृहत् पूर्ण इजलासमा लैजान सरकार पक्ष असहमत

प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दा वृहत् पूर्ण इजलासमा लैजान सरकार पक्ष असहमत

प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दा वृहत् पूर्ण इजलासमा लैजान प्रतिवादी पक्ष एवं सरकार असहमत देखिएको छ ।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा महान्यायाधीवक्ता अग्नि खरेलले प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरूलाई वृहत् पूर्ण इजलासमा लैजान असहमति जनाएका हुन् । सरकार पक्षले संवैधानिक इजलासबाटै यो मुद्दाको छिनोफानो गर्नुपर्ने अडान राखेको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायर गरेका अधिवक्ताहरूले भने गम्भीर संवैधानिक विवादको टुंगो वृहत् पूर्ण इजलासबाट लगाउनुपर्ने बताएका छन् । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले वृहत् पूर्ण इजलासमा सुनुवाइ गर्न माग गरे । 

यस्तै हरि उप्रेतीले पनि रिटलाई वृहत् पूर्ण इजलासमा लैजान माग गरेका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेको झण्डै एक दर्जन रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा तेस्रो दिनको सुनुवाइ चलिरहेको छ । 

अहिले संवैधानिक इजलासमै सुनुवाइ गर्ने कि वृहत पूर्ण इजलासमा लैजाने भन्नेबारे बहस चलिरहेको छ । 

प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति विद्या भण्डारीको कदमविरुद्ध विभिन्न १२ वटा रिट दर्ता भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्