२८ जेठ २०८३, बिहीबार

विचार मिल्नेसँग एकताका लागि विवेकशील साझाले गठन गर्‍यो राजनीतिक संवाद समिति

विचार मिल्नेसँग एकताका लागि विवेकशील साझाले गठन गर्‍यो राजनीतिक संवाद समिति

विवेकशील साझा पार्टीले विभिन्न दल, समूह, अभियान र व्यक्तिसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण तथा वार्ता गर्न राजनीतिक संवाद समिति गठन गरेको छ ।

पार्टी केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा देश रूपान्तरणको लक्ष्य हासिल गर्न पार्टीको आकार र सामर्थ्यमा व्यापक वृद्धि गर्नुपर्ने निष्कर्षका साथ समिति गठन गरेको  जनाइएको छ ।

पार्टी केन्द्रीय सदस्य केशव दाहालका संयोजकत्वमा गठित  समितिमा केन्द्रीय सदस्य रमेश पौड्याल, समीक्षा बाँस्कोटा, अनुपमान सैँजु, रञ्जु दर्शना र पुकार बम सदस्य रहेको पार्टी प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

समितिका संयोजक दाहालले समितिले आफ्नातर्फबाट लिने अग्रसरताका साथै  आफ्नो पार्टीसँग मिलेर अघि बढ्न चाहने दल, समूह, अभियान र व्यक्तिलाई समितिसँग सम्पर्क गर्न आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्