३१ जेठ २०८३, आइतबार

सोनम कपूर नयाँ फिल्ममा दृष्टिविहीनको भूमिकामा देखिने

पुस २९, २०७७
सोनम कपूर नयाँ फिल्ममा दृष्टिविहीनको भूमिकामा देखिने

बलिउड अभिनेत्री सोनम कपूर नयाँ फिल्म ब्लाइन्डमा दृष्टिविहीन महिलाको भूमिकामा देखिने भएकी छन् । 

यस पात्रका आयामलाई उनले गहिराइका साथ सिकिरहेको बताइएको छ । दृष्टिविहीनको शारीरिक हाउभाउ र ब्रेलमा पढ्ने कुराको तालिम उनले लिइरहेकी छन् । 

फिल्मसँग जोडिएका एक व्यक्तिले बताए, ‘फिल्ममा आफ्नो लूकलाई सटीक बनाउनका लागि सोनम स्वस्थ आहार गरिरहेकी छन् । महामारी कम भएपछि शूटिङ शुरू गर्ने उनको योजना छ । निर्देशकसँग मिलेर उनी अनेकौं विषयमा अनुसन्धान गरिरहेका छन् । एकजना प्रशिक्षकसँग मिलेर उनले पात्रलाई थप उम्दा तवरले निर्वाह गर्ने प्रशिक्षण लिइरहेकी छन् ।’

फिल्मको निर्देशन शोम मखीजाले गर्नेछन् । 

यो एक कोरियाली फिल्मको रिमेक हो । 

salt training

कमेन्ट गर्नुहोस्