१२ असार २०८३, शुक्रबार

सेञ्चुरी कमर्सियल बैंकको नवौ तथा दशौं वार्षिक साधारण सभा सम्पन्न

सेञ्चुरी कमर्सियल बैंकको नवौ तथा दशौं वार्षिक साधारण सभा सम्पन्न

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौ तथा दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा बुधवार सम्पन्नसाधारण सभाले शेयरधनीहरुलाई आ.व. २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजी रकम रु. ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँमा ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनस शेयर घोषणा गरेको छ । 

उक्त बोनस शेयर वितरण पश्चात् हुन आउने चुक्ता पुँजी रकम ८ अर्ब ५८ करोड ३७ लाख रुपैयाँमा  आ.व. २०७६/७७  को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने  प्रस्ताव पारित गरेको छ । 

साथै  साधारण सभाले  लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५ /७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ । 

यस साधारण सभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना संचालक रमेश कुमार निरौला, मन बहादुर राई र रण बहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ ।
 
चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप रु. ८२.४२ अर्व र कर्जा रकम रु. ६६.९३ अर्व परिचालन गरी रु. २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्