२६ जेठ २०८३, मंगलबार

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ३ दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।

नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली बिहीवार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

बैठकमा द्विपक्षीय सम्बन्ध, व्यापार, सीमा, पारवहन, कोभिड विरुद्धको खोप लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले यसअघि नै जानकारी दिएको थियो ।

नेपाली प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मी अर्याल लगायत सहभागी हुने जनाइएको छ ।

मन्त्री ज्ञवाली माघ ३ गते स्वदेश फर्किनेछन् । यसअघि भारतीय पक्षबाट प्रशासनिक र राजनीतिक भ्रमणहरू भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्