
काठमाडौंको भद्रकालीस्थित आकाशेपुल नजिक वा३ख ४४३७ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा ३ जना घाइते भएका छन् ।
महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार बिहान दुर्घटना हुँदा घाइते भएकाहरूको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको तर सबैको पहिचान खुलि नसकेको जनाइएको छ । घटनापछि केहीबेर सवारीसाधन आवागमनमा समस्या भए पनि अहिले सञ्चालनमा रहेको विष्टले जानकारी दिए ।
बसमा ३ जना मात्रै सवार रहेको बुझिएको छ ।