
मौसममा खराबीका कारण पूर्व प्रधामनन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेता चढेको हेलिकप्टरलाई बिहीवार गोरखामा आकस्मिक अवतरण गराइएको छ ।
मौसम सुधारपछि भने हेलिकप्टर गन्तव्यतर्फ लागेको छ ।
पर्वतको सदरमुकाम कुस्माका लागि उडेको देउवा सवार हेलिकप्टर गोरखाको पालुङटार नगरपालिकाको हर्नी आँपपिपलको बारीमा अवतरण गराइएको थियो ।
हेलिकप्टरमा सभापति देउवा, कांग्रेस नेता गोपालमान श्रेष्ठ र अर्जुनप्रसाद जोशी सवार छन् ।
केहीबेरपछि सभापति देउवा सहितको टोली गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
शहीद हरिदत्त तिवारीको स्मृति सभामा सहभागी हुन देउवा सहितका नेता पर्वत गएका हुन् ।