०९ असार २०८३, मंगलबार

थप ४०३ जनामा कोरोना पुष्टि, ४०५ संक्रमित निको

थप ४०३ जनामा कोरोना पुष्टि, ४०५ संक्रमित निको

पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार हालसम्मका कूल संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ ।

बिहीवारको अद्यावधिक विवरण अनुसार संक्रमितमध्ये थप ४०५ जना निको भएका छन् । यससँगै हालसम्म निको हुनेको कूल संख्या २ लाख ६० हजार १७७ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाले थप ६ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कूल मृतकको संख्या १ हजार ९४३ पुगेको मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्