१५ असार २०८३, सोमबार

चितवनका कांग्रेस र पोखराका माओवादी दुबै बेइमान !

कात्तिक २०, २०७४
चितवनका कांग्रेस र पोखराका माओवादी दुबै बेइमान !

काठमाडौं, ३ जेठ – ३१ वैशाखमा पहिलो चरणको स्थानीय निर्वाचनको चुनाव भएसँगै अहिले भटाभट मत परिणाम सार्वजनिक भइरहेको छ । अहिले जितको हिसावले एमालेले अग्रता कायम गरिरहेको छ भने एमालेलाई कांग्रेसले पछ्याइरहेको छ । माओवादीले पनि राम्रै मतपरिणाम सहित आफूलाई तेस्रो स्थानमा राखेको छ । देशको चौथो ठूलो दल राप्रपा चाहिँ पत्तासाफै हुने प्रवल सम्भावना छ ।

देशभरको निर्वाचनको मतरपरिणाम आइरहेको भएपनि काठमाडौं, ललितपुर, भरतपुर र पोखरा महानगरपालिकालाई निकै महत्वका साथ हेरिएको छ ।

काठमाडौं र ललितपुरमा एमाले र राप्रपाले सहकार्य गरेका थिए । भरतपुर र पोखरामा चाहिँ कांग्रेस र माओवादीले सहकार्य गरेका थिए । अहिले सम्मको महानगरको मत परिणामलाई हेर्दा काठमाडौं र ललितपुरमा कांग्रेस एमालेको कडा प्रतिस्पर्धा भइरहेको छ । ललितपुरका एमालेहरुले राप्रपाका उपमेयरका उम्मेदवारलाई भोट नहालेर बेइमानी गरिरहेको देखिन्छ ।

काठमाडौं र ललितपुरको प्रतिस्पर्धालाई ठिक ठिकै माने पनि भरतपुर र पोखरामा चाहिँ चुनावी तालमेलमा बेइमान भएको देखिन्छ ।

भरतपुरमा माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाल चुनावी मैदानमा छिन् । उनी त्यहाँ मेयरकी प्रत्यासी पनि हुन् । नेपाली कांग्रेस भित्रको कोइराला खेमा चितवनकै उत्पादन हो । कोइरालाहरुको लिगेसी अनुसार चितवनमा कांग्रेस मतदाता राम्रै देखिन्छन् ।

तर चुनावी तालमेलमा चाहिँ कांग्रेसका मतदाताहरुले रेणुलाई भोट हालेनन् कि भनेर अनुमान गर्न थालिएको छ । चितवमा रेणुले १८ सय ६९ मत ल्याउँदै गर्दा एमालेका मेयरका प्रत्यासी देवी ज्ञवालीले २७ सय २४ मत ल्याएका छन् । यही मत परिणाम हेर्दा पनि कांग्रेस कार्यकर्ताहरूले भोट काटेको देखिन्छ ।

किनकी कांग्रेसले माओवादीलाई मेयर पद दिएर उप मेयरमा आफ्नो उम्मेदवार उठाएको थियो । तर उप मेयरमा चाहिँ अहिलेसम्म कांग्रेसलेनै लिड गरिरहेको छ ।

कांग्रेसबाट उपमेयरकी उम्मेदवार पार्वती शाहले २२ सय ८९ मतका साथ लिड गरिरहेकी छिन् । रेणुले १८ सय मत ल्याउँदा पार्वतीले २२ सय मत ल्याउनुलाई यसैपनि चुनावी बेइमानी भइरहेको छ कि भनेर आशंका गर्न सकिन्छ ।

तर, लाखमा मतदान भएका ठाउँको मत परिणामलाई एक दुई हजार मत गणना भएको अवस्थामा विश्लेषण गरिनु सान्दर्भिक नहुन पनि सक्छ ।

पोखरामा माओवादी, एमाले वा कांग्रेस जस्तो बलियो शक्ति होइन । तर माओवादीको साथ पाउँदै गर्दा कांग्रेसले पोखराको मेयरमा लिड गरिहरनुपर्ने हो । तर पोखरामा एमालेका मानवहादुर जिसीले साढे ४८ सय मतका साथ लिड गरिरहेका छन् । ४५ सय मतका साथ कांग्रेसले पछ्याइरहेको छ ।

उप मेयरमा पनि एमालेकै उम्मेदवारले लिड गरिरहेका छन् । दोस्रो स्थानमा कांग्रेस छ ।

यसरी चुनावी तालमेल हेर्दा जतातै बेइमानी भएको देखिन्छ । काठमाडौंमा एमालेसँग मिलेको राप्रपाले पनि उप मेयरमा भोट पाएको छैन । विद्यासुन्दर शाक्यले मेयरमा काठमाडौंलाई लिड गरिरहँदा उप मेयरमा चाहिँ कांग्रेसकी उम्मेदवारले लिड गरिरहेकी छन् ।

ललितपुरमा एमालेको तर्फबाट उप मेयरको उम्मेदवारनै नभएको सुर्य चिन्हमा भोट खसिरहेको छ । जुन भोट तालमेल अनुसार गाई चिन्हमा खस्नुपर्ने थियो । गठबन्धन अनुसार भोट नहालेको भन्दै राप्रपाका नेताले एमालेमाथि अाक्रोश नै पोेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्