

काठमाडौं, ३ जेठ — दोलखाको जिरी नगरपालिकामा एमाले विजयी भएको छ । मेयर पदमा एमालेका उम्मेदवार टंक जिरेलले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गेल्बु शेर्पालाई ११०६ मतले हराउन सफल भएका हुन् ।
उपमेयर पनि एमालेकै पोल्टामा परेको छ । कृष्णमाया बुढाथोकी उपमेयर निर्वाचित भएकी छन् ।
जिरी नगरपालिकाका नौ वडामध्ये ६ वटा वडामा एमाले, दुईवटामा माओवादी केन्द्र र एकमा कांग्रेस विजयी भएको छ ।