०७ असार २०८३, आइतबार

शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म, एसईई परीक्षा जेठ अन्तिममा

माघ २, २०७७
शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म, एसईई परीक्षा जेठ अन्तिममा

कोभिड–१९ का कारण चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पु-याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत मसान्तभित्र पाठ्यक्रम पूरा नहुने भएकाले चालु शैक्षिक सत्रलाई २०७८ जेठ मसान्तसम्म बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष प्रस्ताव लगेको हो ।

बोर्डका अध्यक्ष प्राडा. चन्द्रमणि पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र परिमार्जनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको जानकारी प्राप्त भएको बताए । उनले भने, ‘कोभिड–१९ का कारण चैतसम्म कोर्स सकिने अवस्था छैन । त्यसैकारण एसईई, कक्षा ११ र १२ को परीक्षा आगामी असारभित्र सक्ने गरी योजना बनाएका छौं ।’

उनले शैक्षिक सत्र परिमार्जनसम्बन्धी प्रस्ताव मन्त्री परिषद्मा पुगेको शिक्षा मन्त्रालयले आफूलाई जानकारी गराएको बताए । यसअघि चैतमै शैक्षिक सत्रको अन्त्य हुँदै आएको थियो । तर कोरोना महामारीका कारण विद्यालय बन्द भएको र शैक्षिक गतिविधि प्रभावित हुँदा २०७८ जेठ अन्तिमसम्ममा शैक्षिक सत्र अन्त्यको प्रस्ताव गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा माघ दोस्रो सातासम्म प्रकाशन गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष प्राडा. पौडेलका अनुसार उत्तरपुस्तिका रुजुको काम अन्तिम चरणमा पुगेकाले अबको १० दिनभित्र नतिजा सार्वजनिक गरिनेछ । राजधानी दैनिकमा प्रशान्त वलीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्