दक्षिण अफ्रिकाको एक घरमा एक जोडी बिहान उठेर ढोका खोल्दा ६ वटा सिंह घरबाहिर बसिरहेको देखे ।
होइडस्प्रुट क्षेत्रमा डेभिड डी बोअर र पत्नी मरिस्का बिहान उठेर हेर्दा ढोकामा ६ वटा सिंह देखे । उनीहरू ढोकाबाहिर आराम गरिरहेको देख्दा डेभिड र मरिस्काको होशहवास एकछिन गुम्यो ।
सिंहहरूले एकछिन त डेभिड र मरिस्कालाई घुरेर हेरे अनि पछि जंगलतिर गए ।
घटनाको भिडियो डेभिडले फेसबूकमा अप्लोड गरेका छन् र त्यसलाई खुबै शेयर गरिएको छ ।
सिंह आएको घर लीडवूड बिग गेम ईस्टेटमा छ । त्यहाँका घरहरूको मूल्य लगभग डेढ करोड पर्छ ।
लगभग ५०० सय हेक्टर क्षेत्रमा सिंहहरू क्रुगर राष्ट्रिय निकुञ्ज र ब्लायडे नदीको किनारमा आरामले घुमिरहन्छन् ।