
नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा वृद्धि भएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन बिहीवार यस्तो सुन प्रति तोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।