०२ असार २०८३, मंगलबार

चीनले बनायो ‘एलियन हेर्ने आँखा’

माघ २, २०७७
चीनले बनायो ‘एलियन हेर्ने आँखा’

अन्तरिक्षमा एलियन, एस्टेरोइड र उल्कापिण्डहरूको सूचना दिने पेरुस्थित आर्सिबो टेलिस्कोप भत्केपछि चीनले संसारका लागि नयाँ टेलिस्कोप बनाएको छ । 

चीनको यस विशाल टेलिस्कोपमार्फत संसारभरिका वैज्ञानिकले एलियन र पृथ्वीतिर आउने उल्कापिण्डको जानकारी पाउनेछन् । 

नेसनल एस्ट्रोनोमिकल अब्जर्भेटरीज अफ चाइनाले यस विशालकाय टेलिस्कोपको १० प्रतिशत समय संसारभरिका वैज्ञानिकलाई दिने बताएको छ । टेलिस्कोपबाट अन्तरिक्षको निगरानी गर्ने टाइमटेबल अगस्ट १ सम्ममा जारी गरिनेछ । 

टेलिस्कोपको नाम फाइभ हन्ड्रेड मिटर एपर्चर स्फेरिकल टेलिस्कोप हो । यो दक्षिणपश्चिम चीनको गुइचो प्रान्तको पिङताङ क्षेत्रको पहाडमा राखिएको छ । यसलाई थ्याँयान अथवा स्वर्गको आँखा नाम दिइएको छ । 

उक्त क्षेत्रमा रहेको गाउँका मानिसलाई अर्को ठाउँमा सारिएको छ । उनीहरूलाई विद्युतीय चुम्बकीय किरणबाट जोगाउनका लागि त्यसो गरिएको हो । 

यस टेलिस्कोपमा ५०० मिटर व्यासको गोलाकार डिश एन्टिना छ । यसमा ४४ सय ५० वटा त्रिकोणात्मक प्यानल लगाइएको छ । 

अनि यसमा दुई हजारवटा यान्त्रिक चक्काहरू छन् जसले रेडियो टेलिस्कोपलाई सबै दिशामा घुमाउन मद्दत गर्छन् । 

salt training

कमेन्ट गर्नुहोस्