०५ असार २०८३, शुक्रबार

देउवाको अपिल– प्रतिनिधि सभा विघटनविरुद्ध विरोध प्रदर्शनमा सहभागी हुनुस् !

देउवाको अपिल– प्रतिनिधि सभा विघटनविरुद्ध विरोध प्रदर्शनमा सहभागी हुनुस् !
फाइल फोटो

प्रतिनिधि सभा विघटनविरुद्ध ७ सय ५३ वटै स्थनीय तहमा भोलि हुने विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेसले अपिल गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै माघ ३ गते ७ सय ५३ वटै स्थानीय तहमा हुने विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका हुन् ।

'भोलि माघ ३ गते ७ सय ५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिताका साथ प्रभावकारी रूपले सफल बनाउन म सबैमा हार्दिक अपिल गर्दछु,' देउवाले विज्ञप्तिमा लेखेका छन् ।

कांग्रेसले यसअघि १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पुस १३ गते र ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा पुस २५ गते विरोध प्रदर्शन गरिसकेको छ ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको भन्दै परेका रिटहरू सर्वोच्च अदालतमा विचाराधीन छन् ।

हेर्नुहोस्, विज्ञप्ति :

salt training

कमेन्ट गर्नुहोस्