सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकप्रिय रियालिटी टेलिभिजन गायन प्रतियोगिता कार्यक्रम भोईस अफ नेपाल – सिजन ३ को सह प्रायोजक रहने घोषणा गरेको छ ।
सो कार्यक्रम हिमालय एच् डी टिभी बाट प्रसारण हुने छ र यस कार्यक्रमको डिजिटल अडिशन भने शुरु भइसकेको छ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।