२३ असार २०८३, मंगलबार

ललितपुरको महालक्ष्मीमा सानिमा बैंकको शाखा

ललितपुरको महालक्ष्मीमा सानिमा बैंकको शाखा

सानिमा बैंक लिमिटेडले ललितपूरको महालक्ष्मीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । 

उक्त कार्यालयको शुक्रवार ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले उद्घाटन गरेका छन् । 

समारोहमा मह जोडीले महालक्ष्मीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बै‌ंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दलो बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बै‌ंकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १५ विस्तारित काउन्टर र ८३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्