
गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे वामदेव गौतमतिर लागेका छन् । वामदेवले नेकपा विभाजनपछि ‘पार्टी एकता अभियान’ चलाइरहेका छन् ।
सोही अभियानमा मनाङे पनि लागेका हुन् ।
गत वर्ष नेकपा प्रवेश गरेका मनाङेले पार्टीको आधारिक सदस्यता नलिएकाले आफू स्वतन्त्र नै रहने बताउँदै आएपनि वमदेवको आग्रहपछि उनी अभियानतिर लागेको बताइएको छ ।
मनाङले वामदेवले आफ्नो अभियानमा लाग्न आग्रह गरेको र आफूलाई पनि सो अभियान मन परेको प्रतिक्रिया दिए ।