१५ असार २०८३, सोमबार

विनोदको शतकको मद्दतमा आर्मी विजयी

विनोदको शतकको मद्दतमा आर्मी विजयी

कप्तान विनोद भण्डारीले शतकीय पारी खेलेपछि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज गण्डकी प्रदेश विरुद्धको खेलमा भण्डारीले अविजित १११ रनको पारी खेलेपछि आर्मी ९८ रनले विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै २८७ रन बनायो । आर्मीका लागि भण्डारीले ७३ बल खेल्दै चार छक्का र नौ चौका प्रहार गरे। यस्तै राजु रिजालले ४५, लोकेश बमले ४२ र राजेश पुलामीले ३८ रन बनाउनुभयो । बलिङतर्फ गण्डकी प्रदेशका लागि कप्तान विपिन खत्री र विशाल पौडेलले दुई दुई विकेट लिए ।

    आर्मीले दिएको २८८ रनको लक्ष्य पछ्याएको गण्डकीले ४८ ओभरमा सबै विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो । गण्डकीका लागि समिर कँडेलले ५०, कप्तान विपिन खत्रीले अविजित ३७, अर्जुन कुमालले ३६ तथा दीपक डुम्रेले २६ रन बनाए । बलिङतर्फ आर्मीका लागि राजेश पुलामी एक्लैले ५ विकेट लिए । उनले नौ ओभरमा एक मेडन राख्दै २५ रन मात्र खर्चिए । यस्तै भीम सार्कीले तीन तथा आकाश चन्द र रोहित पौडेलले एक एक विकेट लिए । शतक प्रहार गर्नुभएका आर्मीका भण्डारी म्यान अफ दी म्याच घोषित भए ।

    शनिबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र प्रदेश नम्बर १ बीच खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्