
ग्रीन टीका बारेमा त धेरैलाई थाहा छ । तौल घटाउनका लागि ग्रीन टी पिउने गर्छन् धेरैजना । तर ग्रीन कफी पनि हुन्छ भन्ने थाहा छ तपाईंलाई ?
ग्रीन कफी भनेका नभुटेका कफी बिउ हुन् । तिनीहरूमा सामान्य कफीको तुलनामा बढी क्लोरोजेनिक एसिड हुन्छ । आजकल धेरैजनाले तौल घटाउनका लागि मात्र नभई ऊर्जा बढाउन पनि ग्रीन कफी पिउने गरेका छन् ।
ग्रीन कफीमा हुने एन्टीअक्सिडेन्टले हामीलाई हानिकारक फ्री रेडिकलबाट जोगाउँछन् ।
यसले रगतमा हुने ग्लुकोजलाई घटाउँछ किनकि यसमा भिटामिन बी र क्रोमियम हुन्छ जसले इन्सुलिन प्रतिरोधलाई घटाउँछ र चिनी खान कम मन लाग्छ ।
काँचो ग्रीन कफीले मेटाबोलिजम बढाउँछ । बोसो डढाउनुका अलावा यसले तपाईंलाई दिनभरि ऊर्जा दिन्छ ।
ग्रीन कफीका दानाले दिमागलाई चुस्त बनाउँछन् । यिनले बिर्सने रोग पनि लाग्न दिँदैनन् ।
ग्रीन कफीको सबभन्दा राम्रो कुरा भनेको यसमा क्याफिनको मात्रा कम हुन्छ ।
यसले रक्तचाप घटाउन मद्दत गर्छ । यसको क्लोरोजेनिक एसिडले तनाव र रक्तचाप घटाइदिन्छ । भुटेपछि भने यो एसिड हराएर जान्छ ।
ग्रीन कफीले भोक घटाइदिन्छ । अनि त स्वतः तौल घट्ने भइगयो ।
कलेजोबाट कोलेस्ट्रोल सफा गरेर अनि बोसो पगालेर यसले शरीरलाई थप ऊर्जा दिन्छ ।
शुरू गर्ने हैन त ग्रीन कफी पिउन ?