०१ असार २०८३, सोमबार

गोरखाको पालुङटारमा नयाँ शक्ति बलियो

कात्तिक २०, २०७४
गोरखाको पालुङटारमा नयाँ शक्ति बलियो

काठमाडौं, ३ जेठ
–उत्सुकताका साथ हेरिएको गोरखाको पालुङ्टार नगरपालिकामा नयाँ शक्ति नेपालले आफ्नो बलियो उपस्थिति कायम गरेको छ । नगरपालिकाको मेयर र उपमेयर दुवैमा नयाँ शक्तिले फराकिलो अग्रता लिएको छ ।

नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत सुरेन्द्रराज काफ्लेका अनुसार पछिल्लो मतपरिणाम अनुसार नयाँ शक्तिका मेयरका उम्मेदवार अशोक देवकोटाले ३ हजार २ सय ९५ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार विवस चिन्तनले १ सय ९ सय मत प्राप्त गरेका छन् ।

नगरपालिकाको पछिल्लो मतगणना परिणामअनुसार कांग्रेसका मेयरका प्रत्यासी दीपकबाबु कँडेलले १ हजार ८ सय ६९ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार जुद्वविलास भण्डारीले भने ७ सय ६६ मत ल्याएका छन् ।

त्यस्तै, नगरपालिकाको उपमेयरमा पनि नयाँ शक्तिले नै फराकिलो अग्रता कायम गरेको छ । उपमेयरमा नयाँ शक्तिका उम्मेदवार देवी गुरुङले ३ हजार २ सय ५७ मत ल्याएकी छिन् । माओवादी केन्द्रकी उम्मेदवार पम्फा बसेलले १ हजार ८ सय १७, नेपाली कांग्रेसकी उम्मेदवार चेतकुमारी श्रेष्ठले १ हजार ७ सय ५७ र एमालेकी सृजना रेग्मीले ८ सय ४२ मत ल्याएकी छिन् । त्यस्तै राप्रपा नेपालले ४३ मतमात्र ल्याएको छ ।

पालुङटार नगरपालिकाका अधिकांश वडामा पनि नयाँ शक्तिको अग्रता देखिएको छ । वडा नम्बर १ मा नयाँ शक्तिको प्यानलै विजयी भएको छ । वडा नम्बर ४ र ५ मा पनि नयाँ शक्तिले नै जित हासिल गरेको छ भने ३ मा नेपाली कांग्रेस र २ मा माओवादी केन्द्रले जितेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नयाँ शक्ति नेपालका संयोजक डा।बाबुराम भट्टराईको गृहनगर पालुङ्टारलाई उक्त दलले विशेष प्राथमिकता दिँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्