१६ असार २०८३, मंगलबार

‘जो एक पटक पनि सूर्य चिह्नबाट चुनाव लडेको छैन, उसले हाम्रो हो भनेर दावी गर्ने ?’

‘जो एक पटक पनि सूर्य चिह्नबाट चुनाव लडेको छैन, उसले हाम्रो हो भनेर दावी गर्ने ?’

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले सूर्य चिह्नमा दावी गर्न नमिल्ने बताएका छन् ।

आफूहरू आधिकारिक भएको प्रचण्ड–नेपाल समूहको दावी सप्तरीको बरमझीयाको बाजेको पेडा पसलभन्दा पनि हद भएको टिप्पणी ओलीले गरे ।

‘महासचिवले केन्द्रीय कमिटीको बैठक बोलाउनुभयो, केहीलाई टाउको दुख्यो कि पेट दुख्यो कि किन आएनन् थाहा भएन, पछाडि थाहा भयो निर्वाचन आयोग पुगेका रहेछन् असली पार्टी हामी हौं, सूर्य चिह्न हाम्रै हुनुपर्छ भनेर । बरमझीयामा असली मै हुँ भन्ने यति सारो हुँदैन, त्योभन्दा हद नाघेर,’ शनिवार काठमाडौंमा नेकपा १ नम्बर प्रदेशका कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले भने, ‘सूर्य चिह्न दावी गर्न जाने को ? जो एक पटक पनि सूर्य चिह्नबाट चुनाव लडेको छैन । दर्ता गरेदेखि अहिलेसम्म त्यसै चिह्नबाट चुनाव लडेका छौं । को आधिकारिक भन्ने प्रस्ट छैन र ?’

ओलीले २०७४ असोज १४ गते प्रचण्डसँग एउटै चिह्नवाट चुनाव लडौं भन्ने सहमति भएको भए पनि प्रचण्ड त्यो सहमतिबाट पछि हटेको आरोप लगाए । ‘सहमति नतोडेको भए कमसेकम एक पटक त सूर्यबाट चुनाव लडेको हुन्थ्यो । अहिले उहाँलाई सूर्य चिह्न चाहियो, सूर्य चिह्न चाहिन्छ भने पार्टीमा आउनुस् न !’ ओलीले भने ।

salt training

कमेन्ट गर्नुहोस्