
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा नेपाल–भारत मैत्री संसदीय समिति गठन गरिएको छ।
प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यसमेत समावेश गरेर गठन गरिएको समूहमा रास्वपाका विदुषी राणा, अरविन्द शाह, पुनमकुमारी अग्रवाल सदस्य छन् ।
यस्तै, नेपाली कांग्रेसका डा. चन्द्रमोहन यादव, सन्दीप राना, एमालेका इस्तियाक राई, राप्रपाका ताहिर अली भाट, श्रम संस्कृति पार्टीका आरेन राई तथा राष्ट्रियसभामा जसपाका सांसद महन्थ ठाकुर सदस्य छन्।
संसद्ले विभिन्न ४३ वटा समूह गठन गरेको छ ।
ती समूहले सम्बन्धित देशका संसद् मैत्री समूहसँग समन्वय गर्नेछन्।