२३ असार २०८३, मंगलबार

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा. कोइराला

माघ ३, २०७७
सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा. कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद् विघटन सम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन् ।

मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको साधारण सभाका अवसरमा शनिवार विराटनगरमा आयोजित कार्यक्रममा उनले सर्वोच्चले कसैको दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा निर्णय सुनाउनेमा आफू विश्वस्त रहेको बताए ।
    
केन्द्रीय सदस्य कोइरालाले राष्ट्रलाई हामीले प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै संविधान, लोकतन्त्र र संघीयतालाई संस्थागत गर्न नागरिक समाज एवं राजनीतिक दलको काँधमा ठूलो जिम्मेवारी आएको बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य जीवन घिमिरेले लोकतन्त्रलाई संस्थागत गर्न नागरिकको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे ।
     
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य जयराम यादवले गणतन्त्रको उपलब्धिको रक्षा गर्नु हामी सबैको कर्तव्य रहेको बताए । समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले विगतको तीतोमीठो अनुभवका आधारमा संविधानमा संसद् विघटनको विषयमा प्रस्ट व्यवस्था गरिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्