१२ असार २०८३, शुक्रबार

प्रचण्ड र माधव नेपाल भएको पार्टी मुलधार होः पुन

प्रचण्ड र माधव नेपाल भएको पार्टी मुलधार होः पुन

नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रचण्ड र माधव नेपालले पदका लागि नभई ओली प्रवृत्ति सुधार्न खोज्दा नेकपा विभाजन भएको बताएका छन् ।  
पुनले नेकपा विवाद अमुक नेताहरुबीचको पदीय भागबण्डा र वा सुख सुविधा प्राप्तिको झगडा नभई विचार, सिद्धान्त, विधि र पद्धति मान्ने र नमान्नेबीचको लडाईं भएको  उल्लेख गरे ।  केपी ओली समूहले  अलोकतान्त्रिक र असंवैधानिक प्रतिनिधिसभा विघटनलाई ढाकछोप गर्न पदीय झगडालाई बहाना बनाएको उनको टिप्पणी थियो । ओलीले गत जेठमै प्रतिनिधिसभा विघटनको तयारी गरेपछि प्रचण्डले संसदको पाँच वर्षे कार्यकाल मध्ये आधाआधा अवधि सरकारले नेतृत्व गर्ने लिखित सहमति बाट पछि हटेर जिम्मेवारीपूर्वक पाँचै वर्ष प्रधानमन्त्री खान दिने प्रतिबद्धता गरेको स्मरण मन्त्री पुनले गरे ।

salt training

कमेन्ट गर्नुहोस्